एकैदिन पाँच जना मृत फेला, २ काे पहिचान हुन बाँकी


काठमाडौं- शुक्रबार देशका विभिन्न स्थानमा ५ जना मृत फेल परेका छन्। काठमाडौं, कञ्चनपुर र कास्कीमा उनीहरु मृत फेला परेका हुन्।काठमाडौं बूढानीलकण्ठ नगरपालिका २ भंगाल डेरा गरी बस्ने महोत्तरी बर्दिवास घर भएकी ४५ वर्षीया सविता थापा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

यसैगरी काठमाडौं महानगरपालिका १९ ढोकाटोलस्थित सडक पेटीमा नाम थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष र काठमाडौं महानगरपालिका १९ इनाटोलस्थित सडक पेटीमा नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

उता कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ वैवाह बस्ने ५४ वर्षीय हिरालाल डगौरा सोही गाउँपालिका ४ वैवाहस्थित महाकाली सिँचाइको शाखा नहरमा मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका ११ फूलवारी डेरा गरी बस्ने पर्वत कुस्मा नगरपालिका १४ आर्थर डाँडाखर्क घर भएका ३६ वर्षीय चन्दन गुरुङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया