दोलखामा आफैले घरमा पढ्न राखेका किशोरीमाथि प्रिन्सिपलले गरे बलात्कार!


काठमाडौं – हाम्रो समाजमा शिक्षकको स्थान निकै उच्च हुन्छ। शिक्षकलाई गुरु समेत भन्ने गर्छौं। कयौं शिक्षकहरु यस्ता थिए कि उनीहरुको अहिलेसम्म उदाहरण दिइन्छ। तर, अर्कोतर्फ अहिले केही शिक्षकले आफ्नो मर्यादा नै भुल्न थालेका छन्।

दोलखाका बैतेश्वर गाउँपालिकास्थित हनुमन्तेश्वर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) गोपालध्वज श्रेष्ठको कर्तुत बाहिरिएको छ। यौन पिपासु श्रेष्ठले आफ्नो मार्यादा नाघेपछि शिक्षक शब्दलाई नै कलंकित बनाएको छ।

आफैले पढाएको विद्याथीलाई बलात्कार गरेको आरोप प्रिन्सिपल श्रेष्ठमाथि लागेको छ। प्रिन्सिपल श्रेष्ठले किशोरीलाई जबर्जस्तीकरणी गरेको म्यासेन्जरको ‘स्क्रिनसट’ पीडित विद्यार्थीका आफन्तमार्फत प्राप्त भएको छ।

प्राप्त फेसबुक म्यासेजमा श्रेष्ठले पीडितलाई कहिलेकाहिँ यस्तो हुन्छ नि भन्दै सम्झाउन खोजेका छन्। पीडित किशोरीले भने ‘थुक्क तपाईलाई लाज नभएको हेडसर, सबैको अगाडी बेइज्जत गर्दिन्छु’ भन्दै म्यासेज गरेकी छन्।

श्रेष्ठले श्रीमतीलाई दोलखाको काब्रेबाट तराई (माईती) पठाएको मौका छोपेर आफैले पढाएको विद्यार्थीलाई बलात्कार गरेको पीडितको भनाइलाई उद्धृत गर्दै आफन्तले अनलाइनन्युज७ लाई जानकारी दिए।

पीडितका मामाले किशोरीलाई पढ्नका लागि प्रिन्सिपल श्रेष्ठको घरमा कोठा लिएर राखेका थिए। उक्त कोठा समेत श्रेष्ठले निःशुल्क उपलब्ध गराएका थिए। छोरी जस्तै पालेर राख्छु भन्दै कबुल गरेका श्रेष्ठले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको बात लागेको हो।

श्रेष्ठले पटक–पटक गोप्य अंगमा छुने, केहि हुँदैन भन्दै टाउकोमा हात राखेर कसम खाएको पीडितले बताएकी छन्। पीडित किशोरीका अनुसार प्रिन्सिपल श्रेष्ठले यो कुरा बाहिर ल्याए आत्महत्या गर्ने धम्की समेत दिएका थिए।

१४ वर्षीय पीडित किशोरी सोही स्कुलमा कक्षा ९ मा अध्ययनरत थिइन्। प्रिन्सिपल श्रेष्ठले बलात्कार गरेको बताउँदै पीडित किशोरी र आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, दोलखामा जाहेरी दिने लागेका छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय, दोलखाले केही बताएको छैन।

प्रतिक्रिया