टी-२० अन्तर्राष्ट्रिय क्रिकेटः नेपाली महिला क्रिकेट टोली र कतार तेस्रो पटक खेल्दै


काठमाडाैं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग अन्तिम तथा तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । खेल दोहामा रहेको वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो पौने चार बजे हुनेछ । नेपाल आज श्रृङ्खला क्लिन स्विप गर्ने योजनामा हुनेछ ।

तीन खेलको श्रृङ्खला नेपालले यसअघि नै जितिसकेको । नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो भने हिजो ६१ रनले पराजित गरेको थियो ।आईसीसी महिला टी-२० विश्व कपको एसियाली छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको टी–२० श्रृङ्खला खेलिरहेको हो ।

विश्व कप छनोट भने आउँदो ६ गतेदेखि १२ गतेसम्म दुबईमा हुनेछ । आजको खेलपछि नेपाली टोली टी-२० विश्व कप छनाेट खेल्न सिधै यूएई जानेछ ।

छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्व कपको लागि नेपालसहित ६ देशले ग्लोबल छनोटको लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।

प्रतिक्रिया