
प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश जबराले बिहीबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन्।
यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीशहरुले गोलाप्रथाको नियमावली र कार्यविधि परिवर्तन गर्ने तयारीमा छन्। यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् ।
नेपाल बारका कानुन व्यावसायीले प्रधानन्यायाधीश जवराले सम्वैधानीक नियुत्तिमा भागबण्डा माग गरेको र भ्रष्टाचारमा लिप्त भएकाले न्यायपालिका मैलिएको भन्दै राजिनामा माग गर्दै आएका छन् । कानुन व्यावसायीहरुले आज पनि सर्वोच्च परिसरमा प्रधान्यायाधीशविरुद्ध धर्ना जारी राखेका छन्।



कागजपत्र |
