मैनाली पुनः नेकपा मालेको महासचिवमा चयन


चितवन – नेकपा मालेको महासचिवमा सीपी मैनाली पुनः निर्वाचित भएका छन् । पार्टीको चितवनमा सम्पन्न महाधिवेशनले मैनालीको नेतृत्वको ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

पोलिटब्यूरो र स्थायी समिति केन्द्रीय समितिले चयन गर्नेछ ।

मैनाली नै संस्थापक महासचिव रहेर वि. सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको ०४७ सालपछि अन्य कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा (एमाले) गठन भएको थियो । त्यसपछि मैनाली पनि एमालेको नेता बने ।

०५४ साल फागुनमा बामदेव गौतमले एमाले फुटाएर नेकपा माले गठन गरेपछि मैनाली पनि बामदेव गौतमसँगै मालेमै रहे । ०५८ साल फागुनमा बामदेव गौतमलगायतका नेताहरू फेरि एमालेमा फर्किए पनि मैनाली भने मालेमै रहेका छन् ।

प्रतिक्रिया