
प्रधानन्यायाधीश जबराले आफ्नो पूर्ण इजलाससहित तोके १० इजलास
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमबार) का लागि २९८ मुद्दाको पेसी तोकेका छन् ।
केही न्यायाधीश र कानुन व्यवसायी व्यवधानबीच सर्वोच्च अदालतको कार्य सञ्चालनलाइ सुचारू राख्नका लागि प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै किसिमको मुद्दाको पेशी तोक्दै आएका छन् ।
सर्वोच्च स्रोतका अनुसार राणाले सोमबारका लागि आफ्नो एउटा पूर्ण इजलाश भने तोकेका छन् । उनको इजलासमा ५ वटा मुद्दाको पेशी तोकिएको छ । राणाले १ पूर्णसहित १० वटा इजलासमा २९८ मुद्दाको पेशी चढाएका हुन् । सबैभन्दा धेरै न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा १०८ वटा मुद्दा रहेको छ ।
यसअघि नेपाल बार एशोसिएनले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा अवरोध गराउने गरी कार्यक्रम ल्याए पनि राणा कुनै अवरोधबिना सर्वोच्च प्रवेश गरेका थिए ।



कागजपत्र |
