मर्यादाको पाठ सिकाउने ‘विद्वान’ र ‘वरिष्ठ’लाई प्रश्नः  लाजलाग्दो र अशिष्ट भाषा बोल्दा लाज लाग्दैन ?


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका ‘विद्वान’ कानून व्यवसायी अशिष्ट भाषाको प्रयोग गरिरहेका छन् । नेपाल बार एशोसिएसनले नेतृत्व गरिरहेको आन्दोलनमा सहभागी भएका कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबरा र न्यायपालिका सुचारु गर्नुपर्छ भन्दै आन्दोलन गरिरहेकाहरु माथि अमर्यादित भाषा, शैली प्रयोग गर्न थालेकाछन् ।

बिहिबार सर्वोच्च अदालतको आँगनभित्रै कानून व्यवसायीले प्रधानन्यायाधीश पद र न्यायालयको अपमान हुने गरी नाराबाजी गरे । राजनीतिक दल र तीनका भातृसंगठनले गर्ने आन्दोलन जस्तै कानून व्यवसायी पनि आफ्नो आन्दोलनमा गालीगलौज र अपवित्र शब्द प्रयोग गर्न थालेका छन् ।

प्रधानन्यायाधीश जबराको पद मात्र होइन न्यायलयको सर्वोच्च संस्था पनि हो । त्यो पद र सर्वोच्च संस्थाको मान, सम्मान समेत धुलिसात बनाउने गरी विद्वानहरु विषाक्त शब्द वमन गरिरहेका छन् ।

शुक्रबार सर्वोच्चको गेटमा न्याय सम्पादन सूचारु हुनुपर्छ भन्दै उभिएका महिला अभियन्तामाथि त पुरुष कानून व्यवसायी हातपातमै उत्रिए । प्रहरीले छेक्ने हरसंभव प्रयास गर्दा पनि ‘विद्वान’ कानून व्यवसायीले महिलाहरुमाथि हातपातसँगै गालीगलौज, अपशब्द र अभद्र व्यवहार देखाए । पत्रकार र प्रहरी नै कानून व्यवसायीले महिलामाथि गरेको गालीगलौज तथा लात्तामुक्का प्रहार देखेर/सुनेर आश्चर्यचकित भए ।

न्यायलयको गरिमा जोगाउने भूमिका भएको बार र न्यायिक मर्यादाको पाठ सिकाउँदै भाषण गर्ने ‘विद्वान’ तथा ‘वरिष्ठ’हरुले प्रयोग गर्ने भाषाले न्यायलयको मात्र होइन कानून व्यसायीकै मान मर्दन भईरहेको छ । न्यायको पवित्र मन्दिरमा कानून व्यवसायीले प्रयोग गरिरहेका शब्दावाली र भाषा शिष्ट र सभ्य मानिसले सुन्नै नसकिने छ । भाषालाई नै लज्जित बनाउँदै वरिष्ठ तथा विद्वानहरु न्यायलयको गरिमाको दोहोलो काढिरहेकाछन् ।

कानून व्यवसायीलाई सम्बोधन गर्दा ‘विद्वान’ भन्ने परम्परा छ । तर, प्रधानन्यायाधीश जबराको राजीनमा माग्दै शान्तिपूर्ण आन्दोलन गरिरहेको भनिएका कानून व्यवसायीको भाषा र शैली सुन्दा विद्वान भन्न सकस हुन्छ । सभ्य र शिष्ट समाजमा विरलै सुनिने शब्दहरु अचेल न्यायालयको पवित्र आँगनमा विद्वान भनिनेहरुको मुखबाट दिनदिनै सुनिन्छन् ।

राजनीतिज्ञको भन्दा चर्को भाषण गरेर जबराको राजीनामा मागिरहेका विद्वानहरुले प्रयोग गरिरहेका सडकछाप भाषाले कानून व्यवसायी विरादरीलाई नै लज्जित बनाएको टिप्पणी पनि हुन थालेको छ । आफूलाई शान्तिपूर्ण आन्दोलन, मानव अधिकार र लोकतन्त्रको पहरेदार बताउने बारले न्यायलय खुलाउ भन्दै सर्वोच्च अगाडि उभिनेहरुमाथि लात्ता, मुक्का र शब्दवाण वर्षाएर निषेधको अभ्यास सुरु गरेको छ ।

प्रधानन्यायाधीश जबराको पद मात्र होइन न्यायलयको सर्वोच्च संस्था पनि हो । त्यो पद र सर्वोच्च संस्थाको मान, सम्मान समेत धुलिसात बनाउने गरी विद्वानहरु विषाक्त शब्द वमन गरिरहेका छन् । न्याय सम्पादन ठप्प पारेर सर्वोच्चको पवित्र आँगनमा हुलहुज्ज्त गरिरहेका विद्वानहरु शैलि, भाषाले उनीहरुको यथार्थ रुप देखाएको छ । न्याय माग्दै सर्वोच्चको ढोकामा पुगेकाहरुलाई ढोका बाहिरै रोकेर गाली, गलौज र अपशब्दले प्रहार गर्दै अपमानित बनाउन लागिरहेका विद्वानहरुको हर्कतले न्याय नै लज्जित भएको छ ।

सभ्यता, शिष्टता र कानून व्यवसायीका न्यूनतम मूल्य, मान्यता तथा आचारसंहिता समेत भुल्दै गालि गलौज र अपशब्द प्रयोगमा उत्रिएका यी कालाकोटधारी विद्वान भनिन लायक छैनन् । विवेक बन्धकी राखेर न्यायको मन्दिरमा हुलहुज्ज्त गरिरहेका यी केही कालाकोटधारीका हर्कत असह्य र अपाच्य छन् ।

विद्वानहरुले दिनहुँ प्रयोग गरिरहेका शब्दावलीले भाषा, न्यायालय र उनीहरुकै पनि मान मर्दन भईरहेको छ । तर, प्रधानन्यायाधीशलाई जसरी पनि हटाउने खेलमा लागेका कथित विद्वानहरुले न्यायको मूल्य चुकाएर भएपनि । कानून व्यवसायी विरादरीको वद्नामी गराएर भएपनि प्रधानन्यायाधीश जबरालाई हटाई छाड्ने कसम खाएका छन् ।

कानूनका धारा, उपधारा, दफा, उपदफा भूलेर अचेल केही विद्वानहरु सडकमा गाली, गालौज र अपशब्द ओकलिरहेका छन् । न्याय माग्न सर्वोच्चको आँगनमा पुगेकाहरुलाई कुटपिट गर्दै, अपशब्द बोल्दै अपमानित गरिरहेका छन् । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने गरी आफ्नो विरोध गरिरहेका माथि जाईलाग्न थालेका छन् । न्यायको घाँटी निमोठ्दै सर्वोच्चको ढोका बन्द गराएका विद्वान महोदयहरु अब न्याय माग्न आउनेको पनि घाँटी निमोठ्न उत्रिएका छन् ।

सभ्यता, शिष्टता र कानून व्यवसायीका न्यूनतम मूल्य, मान्यता तथा आचारसंहिता समेत भुल्दै गालि गलौज र अपशब्द प्रयोगमा उत्रिएका यी कालाकोटधारी विद्वान भनिन लायक छैनन् । विवेक बन्धकी राखेर न्यायको मन्दिरमा हुलहुज्ज्त गरिरहेका यी केही कालाकोटधारीका हर्कत असह्य र अपाच्य छन् ।

कमसेकम उनीहरुले शुक्रबार सर्वोच्चको आँगनमा पुगेका महिलामाथि देखाएको व्यवहारको त जति निन्दा गरेपनि कम हुन्छ । कोही पनि सभ्य मानिस न्याय माग्न आएका महिलामाथि जाईलाग्दैन् । महिलालाई लछारपछार गर्दै गालिगलौज र अपशब्द प्रयोग गर्दैन् । तर, विद्वानहरुले लाज, सरम भुल्दै कालोकोटको मर्यादा समेत मिचेर यस्तो अशोभनिय हर्कत गरे ।

न्यायालयभित्र जिन्दावाद, मुर्दावादको नारा लगाईरहेका यी कालो पट्टीधारले न्याय माग्न सर्वोच्चको ढोकामा पुगेका महिलामाथि लेख्न, बोल्न र सुन्न समेत नसकिने शब्द प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया