देशभर थप ३९० जनामा कोरोना संक्रमण, ४२५ जना कोरोनामुक्त, ५ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ६०६ जनाको पीसीआर परीक्षण गर्दा ३७१ र २ हजार ४२० जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४२५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ५ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा ११ हजार ४ सय ५३ जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर ७ हजार ६५४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।क

प्रतिक्रिया