नेपाल टेलिकम फोरजीमा पहिलो स्थानमा
काठमाडौं – चौथो पुस्ताको फोरजी भित्र्याएको झन्डै ५ बर्षमा नेपाल टेलिकमले ६२ लाख ६८ हजार ग्राहक पुर्याएको छ। त्यस्तै एनसेलले फोरजी विस्तार गर्न लागेको ४ बर्षमा ५७ लाख २५ हजार ग्राहक बनाएको छ।
भदौ मसान्तसम्ममा नेपाल टेलिकमले एनसेललाई फोरजी ग्राहकको संख्यामा ४ लाख ९२ हजार २५९ ले उछिनेको तथ्याकंमा उल्लेख छ।
नेपालको तेस्रो मोबाइल सेवाप्रदायक स्मार्ट टेलिकमका १ लाख ७६ हजार ग्राहक रहेका छन्। एक महिनाअघि टेलिकमका फोरजी ग्राहकको संख्या ५३ लाख ४० हजार थिए।
एक महिनाको अवधिमा ९ लाख २७ हजार ६८६ ग्राहक थपेको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्टमा उल्लेख छ।
सोही अवधिमा सबैभन्दा धेरै फोरजी ग्राहकसहित शीर्ष स्थानमा रहेको एनसेलको संख्या भने ५५ लाख ११ हजार ३८६ रहेको थियो।
नेपालमा टेलिकम कम्पनीहरुले फोरजी विस्तार गर्न थालेको ५ बर्षसम्म पनि अझै फोरजी विस्तार प्रोजेक्ट सम्पन्न भइसकेको छ। नेपालमा हाल फाइबजीको परीक्षणको चर्चा चलिरहँदा विकट जिल्लाहरुमा थ्रिजी प्रविधि मार्फत नै सञ्चार सेवा पुगिरहेको छ।
फोरजी सेवा पुगेको पहाडी जिल्लाहरुमा फोरजी नेटर्वक नै नचल्ने समस्या देखिएको सेवाग्राहीको गुनासो छ। यस्तो समस्या एनसेलको तुलनामा नेपाल टेलिकमको नेटर्वकमा बढी रहेको ग्राहकको जिकिर छ।