जहाज दुर्घटनामा गायिका मेन्डोन्काको मृत्यु, नेइमारले गरे यस्तो ट्विट
एजेन्सी – ब्राजिलकी गायिका म्यारिलिया मेन्डोन्काको जहाज दुर्घटनामा परी मृत्यु भएको छ। यनीसँगै उनका काका, निर्माता र चालकदलका दुई जना सदस्यको समेत मृत्यु भएको हो।
शुक्रबार जहाज ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गराइसमा दुर्घटनामा परेको थियो। २६ वर्षीया गायिका मेन्डोन्काले सन् २०१९ मा ल्याटिन ग्यामी अवार्ड जितेकी थिइन्।
असफल सम्बन्ध र पीडाका भावना गीतमार्फत् प्रस्तुत गरेको भन्दै गायिका मेन्डोन्कालाई ‘पीडाकी रानी’को उपनामले चिन्ने गरिन्थ्यो। किशोर वयमा नै गायनमा करिअर बनाउन सुरु गरेकी मेन्डोन्काको लोकप्रियता सन् २०१६ देखि चुलिन थालेको थियो।
मेन्डोन्काका दुई वर्षीय छोरा छन्। घटनाबारे अध्ययन सुरु गरिएको छ।
मेन्डोन्काको मृत्य भएको खबर सार्वजनिक भएपछि ब्राजिलीयन फुटबल स्टार नेइमारले आफूले यो समाचार विश्वास गर्न नसकेको बताएका छन्।‘यो कुरा विश्वास गर्न म अस्वीकार गर्छु। अस्वीकार गर्छु,’ नेइमारले ट्विट गरेका छन्।
Juro que fui dormir pedindo a Deus para que tudo fosse um sonho e que hoje, eu acordasse somente de um pesadelo. 😢🖤🕊 #MariliaMendonca
— Neymar Jr (@neymarjr) November 6, 2021