

शिवम् सिमेन्टको छैठौं साधारणसभा सम्पन्न, २९ प्रतिशत लाभांश पारित

काठमाडौं – शिवम् सिमेन्ट्स लिमिटेडको छैठौं वार्षिक साधारण सम्पन्न भएको छ । साधारणसभाबाट कम्पनीले यस अघि घोषणा गरेको २९ प्रतिशत लाभांश समेत पारित भएको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षमा मंगलबार सम्पन्न कम्पनीको छैठौं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो ।
साधाधारणसभामा अध्यक्ष गोयलले शेयरधनीहरुलाई चुक्ता पुँजी ४ अर्व ४० करोडको २९ प्रतिशतका दरले (लाभांशमा लाग्ने कर सहित) हुन आउने १ अर्व २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेश गरेका थिए । साधारणसभाबाट पारित भएकाले बैंक खाता र डिम्याट खाता अपडेट गरेका शेयरधनीहरुले तत्कालै लाभांश पाउनेछन् ।
साधारणसभामा २०७७।०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७८।०७९ को आय व्ययको लेखापरीक्षण गर्न सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सहितका सामान्य र विशेष प्रस्तावहरु पारित गरेको हुंदा सर्व साधारण शेयरधनी महानुभावहरुको बैंक खातामा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि. मार्फत नगद लाभाँस वितरण गर्ने कार्यक्रम रहेकोले आ आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक गराउन समेत अनुरोध गरिएको छ ।

