यस्ती देखिइन् मेहन्दीमा श्वेता, ‘जीवनको नयाँ पानाहरुमा भुल्दै छु म’


काठमाडौं – चलचित्र अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी पत्नी एवं नायिका श्वेता खड्काको दोस्रो बिहे आज हुँदैछ ।

बिहेपूर्व नायिका खड्काले आफ्नो मेहन्दीको तस्बिरहरु सार्वजनिक गरेकी छिन् । आज अर्थात् सोमबार राजधानीको गोकर्ण फरेस्ट रिसोर्टबाट हुन गइरहेको बिहेको पूर्वसन्ध्यामा श्वेताले मेहन्दीको फोटो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी हुन् ।

उनले मेहन्दीको फोटो सार्वजनिक गर्दै लेखेकी छिन्,

मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म
जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।।।।

तस्वीरहरूः श्वेता खड्काको फेसबुकबाट

प्रतिक्रिया