Click to toggle navigation menu.

कर्पोरेट करसम्बन्धी विषयमा विश्व नेताहरूले गरे ऐतिहासिक सहमति


काठमाडाैं – विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूले ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् । बहुराष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्ना नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको हो ।

रोममा भइरहेको विश्वको प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरूले उक्त सम्झौतामा सहमति जनाएका हुन । सम्मेलनमा छलफल हुने विषयवस्तुमा जलवायु परिवर्तन र कोभिड पनि छन् । कोभिड महामारी सुरु भएयता विश्व नेताहरूले भौतिक उपस्थिति जनाएको यो पहिलो कार्यक्रम हो ।

तर १९ वटा राष्ट्र र युरोपेली सङ्घ सदस्य रहेको जी-ट्वेन्टी समूहको सम्मेलनमा दुई जना नेता भने सहभागी छैनन् । चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सम्मेलनमा भिडियो लिङ्क मार्फत सहभागिता जनाएका छन् । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रूपमा आइतवार स्वीकृत गरिने गरिने र सन् २०२३बाट लागू हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी अर्थ मन्त्री जानेट यालेनले ऐतिहासिक सम्झौता विश्व अर्थतन्त्रका लागि ‘महत्त्वपूर्ण क्षण’ रहेको र यसले ‘कर्पोरेट करको तल्लो तहसम्मको हानिकारक दौड अन्त्य गर्ने’ बताइन् । ट्विटरमा लेख्दै उनले अमेरिकाका ठूला कम्पनीहरूले बढी कर तिर्नुपर्ने भए पनि अमेरिकी व्यवसाय र श्रमिकहरूलाई कर सम्बन्धी सम्झौताबाट लाभ हुने उल्लेख गरेकी छन् ।

स्कटल्यान्डको सहर ग्लास्गोमा सोमवार सुरु हुन लागेको विश्व जलवायु परिवर्तन सम्मेलन कोप २६ सम्मेलन अघि जी-ट्वेन्टी राष्ट्रहरूको सम्मेलन सुरु भएको हो । उक्त सम्मेलनमा हुने कुराहरूले जलवायु परिवर्तनको सामना गर्नका लागि आफ्ना प्रतिबद्धतामा राष्ट्रहरूबीच चरम भिन्नता रहेको अवस्थामा कोप २६का लागि आधारहरू तय गर्न सक्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया



थप समाचार

मस्कले डेमोक्र्याटलाई समर्थन गरे गम्भीर परिणाम भोग्नुपर्छः ट्रम्प

वासिंगटन डिसी – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख एलोन मस्कबीचको शब्दयुद्ध चर्किएको छ । शनिबार मस्कले नरम  — विस्तृतमा

कोलम्बियामा राष्ट्रपतिका उम्मेदवार माथी गोली प्रहार

काठमाडौं – दक्षिण अमेरिकी देश कोलम्बियामा चुनावी प्रचारका क्रममा राष्ट्रपतिका उम्मेदवार मिगुएल उरिबेमाथि गोली प्रहार भएको छ । उनी  — विस्तृतमा

मस्कसँग टकरावपछि टेस्ला कार बेच्दै ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको कम्पनी टेस्लाबाट किनेको कार बेच्ने तयारी गरेका छन् । तीन महिनाअघि ह्वाइट  — विस्तृतमा

भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल

काठमाडाैं- पाकिस्तानसँगको हालैको द्वन्द्वपछि विवादित हिमालय क्षेत्र कश्मीरमा पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार श्रीनगर पुगेका छन्।  — विस्तृतमा

ट्रम्प र एलन मस्कबीच विवाद चर्कियो, टेस्लाको शेयर १४ प्रतिशतले घट्यो

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति उद्यमी एलन मस्कबीच सार्वजनिक विवाद चुलिएको छ, जसले विश्व बजारमा समेत प्रभाव  — विस्तृतमा

गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

गाजा – गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २ सय २५ पत्रकार मारिएका छन् । गाजाको सरकारी मिडिया कार्यालयले गाजा  — विस्तृतमा

दक्षिण कोरियाका राष्ट्रपतिमा लि जे म्युङ विजयी

सियोल – दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचनमा वाम झुकाव लिबरल डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे म्युङ  — विस्तृतमा

पाकिस्तानमा १७ वर्षीया टिकटक स्टारको गोली हानेर हत्या, ‘अनर किलिङ’ को आशंका

इस्लामाबाद, पाकिस्तान — पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया इन्फ्लुएन्सर तथा टिकटक स्टार सना युसुफको गोली हानी हत्या गरिएको छ।  — विस्तृतमा

४७ वटा विषालु सर्पसहित मुम्बई विमानस्थलमा एकजना पक्राउ

मुम्बई- भारतका भन्सार अधिकारीहरूले थाइल्यान्डबाट फर्किंदै गरेका एक भारतीय नागरिकलाई मुम्बई विमानस्थलमा दर्जनौँ विषालु र दुर्लभ सरिसृपहरू तस्करी गर्दै  — विस्तृतमा

भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

नयाँदिल्ली – भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र  — विस्तृतमा

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं- बंगलादेशी अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले  — विस्तृतमा

दमन, हत्या र दुरुपयोगको आरोपमा शेख हसिनाविरुद्ध सुनुवाइ आजबाट

ढाका — बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराध अन्तर्गतको मुद्दामा आइतबारदेखि औपचारिक सुनुवाइ सुरु हुने भएको छ। सन् २०२४  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist