पत्रकार द्वारिका नेपालको निधन


काठमाडौं – पत्रकार द्वारिका नेपालको निधन भएको छ। कालिका एफएममा कार्यरत पत्रकार नेपालको उपचारको क्रममा आज विहान निधन भएको हो।

गत असोज २५ गते दसैं मनाउन पुखौर्ली घर रौतहट जाने क्रममा बाराको निजगढ नजिकै तामागढी जंगलमा पुगेपछि अचानक बेहोस भएर अर्धचेत अवस्थामा पुगेपछि तत्कालै एम्बुलेन्सबाट चितवन मेडिकल कलेजमा उपचारको लागि ल्याइएको थियो।

मेडिकल कलेजमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत असोज २६ गते काठमाडौंको ग्राण्डी अस्पतालमा आर्इसीयुमा राखेर नेपालको उपचार भइरहेको थियो। सोही क्रममा नेपालको निधन भएको परिवारिक स्रोतले जनाएको छ।

चितवनको गीतानगरमा जन्मिएका पत्रकार नेपालको श्रीमती, एक छोरी र एक छोरा छन्। नेपाल चितवनका विभिन्न शिक्षण संस्थामा लामो समयदेखि आवद्ध थिए। नेपालले साहित्य क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएका थिए।

प्रतिक्रिया