

अनिल कपुरसहित तीन कलाकारलाई कोरोना पुष्टी

मुम्बई – बलिउड कलाकार अनिल कपुरलाई कोरोना संक्रमण देखिएको छ ।
फिल्म ‘जुगजुग जिओ’को छायाँकनका क्रममा रहेका कपुरसँगै नीतु कपुर र वरुण धवनलाई कोभिड–१९ को संक्रमण देखिएको पुष्टी भएको छ ।
कलाकारहरुलाई कोरोना संक्रमणका कारण १ महिना यता फिल्मको छायाँकन प्रभावित भएको जनाइएको छ । यसअघि फिल्मका निर्देशक राज मेहतालाई पनि संक्रमण देखिएको थियो।
कलाकारहरू पूर्ण रुपले ठीक भएपछि मात्र काम अघि बढ्ने जनाइएको छ।

