देशभर थप ६७९ जनामा कोरोना पुष्टी, १४०७ जना कोरोनामुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ६७९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १० हजार ९ सय २० नमूनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा १४०५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यससँगै हालसम्म देशभर ७ लाख ६९ हजार २ सय २४ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै गत २४ घन्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । यसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ ।

प्रतिक्रिया