आइएमई डबलको डबलको डबल अफरको दोस्रो साताका विजेता सार्वजनिक


काठमाडौं– आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका हुन् ।

पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । उनीहरूले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अनुसार आइएमईले वहाँहरू वा निजको सिफारिसमा वहाँहरूका निकटका आफन्तलाई लाई क्रमशः ७२ हजार ५ सय ५६ र ६३ हजार ३ सय ६ रूपैयाँ उपहार स्वरूप प्रदान गर्नेछ ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहिआएको छ ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ ।

प्रतिक्रिया