दुबईमा बसन्त चौधरीको ‘ओपन हार्ट सर्जरी’, अस्पतालबाट पर्सी डिस्चार्ज हुँदै


काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ । परिवारसँग छुट्टी मनाउन दुबईमा रहेको बेला अचानक हृदयघात भएको चौधरीको दुबईस्थित अमेरिकन अस्पतालमा उपचार भइरहेको थियो ।

चौधरीको गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा मुटुको शल्यक्रिया भएको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार शल्यक्रियापछि चौधरीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो ।

सर्जरीपछि अहिले चौधरी पोस्ट अपरेटिङ केयरमा रहेको जनाइएको छ । अब २ दिन सो युनिटमा राखेर उहाँलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

उनी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए । त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना भएका थिए । उक्त अवस्थामा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । चिकित्सककै सुझावअनुसार चौधरीको मंगलबार शल्यक्रिया गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया