संसद विघटन सही भएको एमालेको निष्कर्ष


काठमाडौं – नेकपा एमालेले संसद विघटन सही भएको निष्कर्ष निकालेको छ ।

एमालेका नेता रामबहादुर थापा बादलले संसद विघटन सही थियो भन्ने पार्टीको आधिकारिक मत भएको बताएका हुन् । यद्यपि विघटन बेठीक थियो भन्ने मत पनि पार्टीमा रहेको उनले बताए ।

भोलिदेखि शुरु हुने विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बादलले भने, ‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो ।’

प्रतिक्रिया