पशुपतिमा साधुमाथि खुकुरी प्रहार


काठमाडौं – काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि सोमबार विहान खुकुरी प्रहार भएको छ ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार सोमबार विहान साढे ५ बजे विहान शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी प्रहार भएको हो ।

घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् ।  घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।

प्रतिक्रिया