अनलाइन टिकेटिङ प्लेटफर्ममार्फत घरमै बसेर यसरी बुकिङ गर्नुहोस् बसको टिकट


काठमाडाैं – दशैंलाई लक्षित गर्दै सोमबारबाट अग्रिम टिकट बुकिङ शुरू भएको छ । नेपाल सरकारको समन्वयमा यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खुलाएसँगै अब अनलाइन र अफलाइनबाट टिकट बुकिङ गर्न सकिने छ ।

अग्रिम टिकट बुकिङ खुलेसँगै बसपार्कमा टिकट बुकिङ गर्नेको लर्को लागेको छ । के तपाईलाई थाहा छ ? घरमै बसेर पनि बससेवा बाट अग्रिम टिकट बुकिङ गर्न सकिन्छ ।

आज हामी तपाईलाई नेपालको लोकप्रिय अनलाइन टिकेटिङ प्लेटफर्म बससेवाबाट कसरी टिकट बुकिङ गर्ने बारे जानकारी दिदैछौं । यसका लागि तपाईले इसेवा तथा बस सेवाको मोबाइल एपवेबसाइटबाट टिकट बुकिङ गर्न सक्नुहुनेछ । बससेवा एफ्वान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

यदी तपाई इसेवा प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले सजिलै इसेवा एप खोलेर बस टिकेट अप्सनमा क्लिक गरी टिकट बुकिङ गर्न सक्नुहुन्छ । बस टिकेट अप्सनमा गएपछि कहाँबाट (फ्रम), कहाँजाने (टु) हो उक्त ठाउँ छनोट गरी कहिले जाने सो मिति छनोट गर्नुहोस् र बस सर्च गर्नुहोस् ।

त्यसपछि कुन बसमा जाने, कति बजे जाने, त्यो छनोट गरेपछि बसको सिट बुक गर्नुहोस् । बसको सीट बुक गर्दा तपाईले पैसा इसेवाबाट तिर्नुपर्ने हुन्छ ।

साथै तपाईले बस सेवाको मोबाइल एप र वेबसाइटबाट अग्रिम टिकट बुक गर्न पनि सकिने छ । जसका लागि शुरूमा अकाउन्ट बनाउनुहोस् । अनि माथिकै जस्तो प्रक्रियाबाट बसको टिकट बुकिङ गर्न सकिने छ ।

यसरी टिकट बुकिङ गर्दा इसेवा, आईएमई पे, डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसबाट पैसा तिर्न सकिने छ ।

प्रतिक्रिया