प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिएमा छैनौं, अगाडि बढ्न सक्छौं : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी सरकारले काम गरेको बताए ।

कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने भन्दै ओलीले भने, ‘फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं । कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन ।’

अध्यक्ष ओलीले पार्टीको आर्थिक नीतिबारे व्याख्या गर्दै दलाल पुँजीलाई हतोत्साहित गर्दै राष्ट्रिय पुँजी विकास गर्नेतिर आफ्नो पार्टीको विशेष ध्यान रहने बताए ।

‘हामीले दलाल पुँजीलाई निरुत्साहित गर्नुपर्छ । दलाल पुँजीले राष्ट्रिय पुँजीलाई सहयोग गर्दैन, उत्पादन बृद्धि गर्दैन, जसले सानो मात्र रोजगारी गर्छ ठुलो सक्दैन । त्यसले राष्ट्रिय आयमा पनि बृद्धि गर्दैन’, ओलीको भनाइ छ । उनले देशको उत्पादन निर्यात बृद्धि गर्नतर्फ लाग्नुपर्ने भन्दै आत्मनिर्भरताका लागि प्रयास गर्ने बताए ।

प्रतिक्रिया