१७ केजी अवैध लागूऔषध गाँजा सहित १ जना पक्राउ


मोरङ – बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५  बर्षीया आरती देवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया