

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका-१ ठुलाढिक डेरा गरी बस्ने खोटाङ खोटिह्याङ गाउँपालिका-८ घर भएका बीरेन तामाङको कोठमा तास खेलिरहेका अवस्थामा तामाङ सहित ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तमाङले आफ्नै कोठमा जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार १ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

