

एकैदिन मृत अवस्थामा ४ शव फेला

ललितपुर, ललितपुर महानगरपालिका-८ कुटि शौगल डेरा गरी बस्ने स्थायी वतन नखुलेका ५५ वर्षीय बालकृष्ण अवा आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, दुहबी नगरपालिका-१२ बुगडहरीस्थित खहरे खोलाको कल्भर्टमा सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षीय सुनिल चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, रुपनी गाउँपालिका-१ स्थित खाडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, मलंगवा नगरपालिका-७ गणेशियास्थित नहरको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

