सुदेश खालिङ राईले सम्हाले एभरेष्ट बैंकमा सीईओकाे कार्यभार

एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ


काठमाडौं – एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङ राईले शुक्रबारलेखि कार्यभार सम्हाल्ने भएका छन् । यसअघि २०७७ चैत तेस्रो सातामै खालिङलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय भएको थियो ।

सीईओमा खालिङलाई सञ्चालक समितिले नियुक्त गरे पनि कार्यभार सम्हाल्न प्राविधिक कारण बश ढिलाई भएको कम्पनी सचिव सुरेश चापागाईँले जनाएका छन् । प्राविधिक समस्याका कारण बैशाखको दोस्रो सातादेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा नायब महाप्रबन्धक डा. सन्धिर कुमारले कार्यभार सम्हाल्दै आएका थिए ।

खालिङ एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ हुन् । बैंकले २५ वर्षदेखि भारतीयलाई सीइओ बनाउँदै आएको थियो । सञ्चालक समितिको बैठकले पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएर खालिङलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी छ । खालिङसँग सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा २ दशक बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया