शुक्रबार पनि घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


काठमाडौं – नेपाली बजारमा पहेँलो धातु सुनको मुल्य ६०० रुपैयाँले घटेको छ । अस्ति (बुधबार) प्रतितोला ९० हजार १०० रुपैयाँमा कारेबार भएको छापावाल सुनको सुनको मुल्य हिजो (बिहीबार) ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो ।

आज फेरि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

तेजाबी सुनको भाउ पनि आज ६०० रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । ।

त्यस्तै चाँदीको मूल्य भने प्रतितोलामा पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११५५ रुपैयाँ थियो । आज ११६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया