गाईको बाच्छो काट्ने ६५ वर्षीय पुरुष पक्राउ


काठमाडौं – गाईको बाच्छो काटेको अभियोगमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । गाईको बाच्छो काटेको अभियोगमा रसुवा नौकुण्ठ गाउँपालिका २ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचन लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

तारकेश्वर नगरपालिका ५ गोलढुङ्गा फुयेलचोक चौतराको खोलामा गाईको बाच्छो काटिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले गाईको बाच्छो काटिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया