

राष्ट्रपतिबाट खड्काले लिए मन्त्री पदको शपथ

काठमाडौं – नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् ।
शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काले परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्ने छन् ।

