भान्सा कोठामा कौडा खेल्ने १७ जना पक्राउ


झापा – कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । दमक नगरपालिका १ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने ४९ वर्षीय कर्ण राई लगायत १७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनको भान्सा कोठामा कौडा खेलिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया