मदनकृष्णको ‘सुनको कचौरी’ मा गौरीकाे अदा (भिडियाेसहित)


काठमाडाैं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा विनाेद चाैधरीलाई सम्मान गरिएको छ ।

देविथान म्युजिकले गरेको उक्त सम्मानमा चाैधरीलाई कदरपत्र र दुर्गाको प्रतिमा प्रदान गरिएको थियो । चौधरीले नेपाली कला र साहित्य क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो । त्यसैगरी कला क्षेत्रमा लामो योगदान दिएवापत नीर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

सार्वजनिक गीतमा मदनकृष्णलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् । राजनराज शिवाकोटीको शब्द संगीत रहेको गीतको म्युजिक भिडियो राजेश पूमा राईले निर्देशन गरेका हुन् ।

भिडियोमा मदनकृष्णका साथमा गौरी मल्लले अभिनय गरेकी छन् । म्युजिक भिडियो उत्सव दहालले खिचेका हुन् । सन्तोष राजबाहकको कोरोयोग्राफी रहेको भिडियो सम्पादन विकास दहालले गरेका हुन् ।

गत हप्तामात्रै श्रेष्ठले गाएको ‘जीवनको पाना’बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतले राम्रो चर्चा कमाइरहेका बेला उनको ‘सुनको कचौरी’ बोलको गीत सार्वजनिक भएको हो ।

भिडियाेः

प्रतिक्रिया