दैनिक १५ मिनेट ताली बजाउनुका फाइदै फाइदा


काठमाडाैं – ताली एक्युप्रेशर विधिको एक रुप हो । ताली बजाउदा धेरै फाइदा हुन्छन् । विज्ञानका अनुसार शरीरको महत्वपूर्ण २९ एक्यूप्रेशर विन्दुहरु मानिसको हातमा हुन्छन । प्रेसर विन्दुमा दबाउनाले सम्बन्धित अङ्गसम्म रगत र अक्सिजनको सञ्चार राम्रोसँग हुने गर्छ ।

एक्यूप्रेशरका अनुसार दवाव बिन्दुमा सही तरिकाले दवाव पार्नका लागि सबैभन्दा सजिलो उपाय ताली बजाउनुलाई मानिन्छ । ताली बजाउँदा हातका सबै बिन्दुमा दवाव पर्छ जसले शरीरमा ऊर्जा प्रवाह गर्नुका साथै शरीरमा ताजापन महशुस गराउँछ । मुटु, दम, फोक्सो र ग्यास्ट्रिकको समस्या, टाउको दुख्ने तथा बेचैन हुनेजस्ता समस्या भएका व्यक्तिहरूले समस्याबाट राहत पाउनका लागि ताली बजाउन आवश्यक छ ।

पाचनमा समस्या भएकाका लागि ताली अचुक औषधि मानिन्छ । यसका लागि नियमित १५ देखि २० मिनेट ताली बजाउनु पर्छ । ढाड, घाँटी र जोर्नी दुख्नेहरूले प्रत्येक औँलामा जोड पर्ने गरी ताली बजाएमा दुखाइ कम हुन्छ । दैनिक करिब आधा घन्टा नियमित ताली बजाउँदा मधुमेह, उच्च रक्तचाप, रुघाखोकी, कपाल झर्ने समस्याबाट पनि बच्न सकिन्छ ।

रक्तचाप कम भएका व्यक्तिले दैनिक ताली बजाउँदा रक्तसञ्चारमा सुधार आउँछ । ताली बजाउँदा बच्चाको दिमागमा सकारात्मक असर पर्नुका साथै बुढाबुढीमा हाडजोर्नी दुख्ने समस्याका लागि पनि यो प्रयोग प्रभावकारी हुन्छ । उभिएर खुला हावामा दैनिक १५ मिनेटजति तालीको अभ्यास गर्दा शरीरका अंगहरू सक्रिय भएर स्वास्थ्यमा फाइदा हुने गर्छ ।

प्रतिक्रिया