‘आशा राखी’ मा रमेशलाई मुना र श्रद्धाको साथ (भिडियाे)


काठमाडौं – गीतकार तथा मोडल रमेश दियालीको गीत ‘आशा राखी’ सार्वजनिक भएको छ । दियालीकै शब्द तथा सुरेश अधिकारीको संगीत र बानिका प्रधानकाे स्वर रहेको गीतको म्युजिक भिडियो समेत बनेको छ ।

माया प्रेमले भरिएको गीतलाई ओएसआर डिजिटलले बाहिर ल्याएको हो । अमेरिकामा तयार भएको भिडियोमा प्रेमिल जोडीको माया प्रेमको कथा छ ।

भिडियो अभिनयमा गीतकार रमेश दियालीलाई मुना क्षत्री र श्रद्धा परियारले साथ दिएका छन् । लक्ष्मण दियालीको निर्देशन रहेको भिडियो विनोद लाम्गादेले छायाँकन गरेका हुन् ।

भिडियाेः

प्रतिक्रिया