ज्ञानेन्द्रको अर्धशतकको मद्दतले नेपालद्वारा अमेरिकालाई १७५ रनको लक्ष्य


काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए । करण केसी १२ रनमा आउट हुँदा विनोद भण्डारी १० रन जोड्दा आउट भए ।

रोहित पौडेल र सोमपाल कामी २/२ रनमा आउट हुँदा कुशल मल्लले खाता खोल्न सकेनन् । ओपनर आसिफ शेख पनि ३ रनमा आउट भए ।

सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित २ रन जोडे । अमेरिकाका सौरभ नेत्राभाल्करले ४ विकेट लिए । केली फिलिपले ३ विकेट लिए ।

अमेरिकाले केही बेरमा ब्याटिङ सुरु गर्दैछ ।

प्रतिक्रिया