गाला बिंगो: एसियाकै प्रभावशाली महिला बनिन् दीपिका


मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सबैभन्दा प्रभावशाली महिला घोषित भएकी छन् । बेलायतमा सम्पन्न गाला मेट कार्यक्रममा गाला बिंगोले एसियाकै फिल्म तथा टेलिभिजन क्षेत्रबाट प्रभावशाली महिला घोषणा गरेको हो ।

उनलाई पछ्याउने फ्यानलाई आधार मानेर उक्त घोषणा गरिएको हो । गाला बिंगोले दीपिकालाई पछ्याउने फ्यानसँगै गुगल सर्च र दीपिकाको नाममा प्रकाशित भएको समाचारलाई समेत आधार मानेर एक नम्बर मानेको हो ।

गला बिंगोले फिल्म, व्यापार, राजनीति र फेसन क्षेत्रका मान्छेलाई पनि यो सूचीमा समेटेको छ । गाला बिंगोले गरेको यो घोषणासँगै दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडलको बराबरीमा पुगेकी छन् । एजेन्सी

प्रतिक्रिया