गुल्मीमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटियो


तम्घास – गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका– २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो । लाइन काटिएका ग्राहकले कूल रु छ लाख ५६ हजार १६।४२ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिए ।

लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम चार लाख छ हजार बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिए ।

प्रतिक्रिया