गर्भवती अनुष्काको शीर्षासन
मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री अनुष्का शर्माले आफ्नो इन्स्टाग्राममा एक तस्बिर शेयर गरिन् । जुन तस्बिर सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । फोटोमा गर्भवती अनुष्का शर्मा शीर्षासन गरिरहेकी छन् र उनका पति विराट कोहली उनलाई सहयोग गरिरहेका छन् । तस्बिरमा अनुष्काको बेबी बम्प प्रष्ट देखिन्छ र विराट निकै चलाखपूर्ण तरिकाले अनुष्काको खुट्टा समाइरहेका छन् ।
अनुष्काले फोटोसँगै ‘यो हेण्डस् डाउन र लेग्स अप एक्सरसाइज हो । योग मेरो जिन्दगीको सबैभन्दा ठूलो हिस्सा हो । मेरो डाक्टरले मलाई यस्तो पनि आसन गर्न सकिन्छ, जसमा ट्विस्ट गर्न या धेरै अगाडि झुक्नु पर्दैन् । तर सुरक्षित र छोटो समयका लागि मात्र’ लेखेकी छन् ।
१२ मिनेटमा यो तस्बिरलाई ३ लाख बढी मानिसले लाइक र शेयर गरेका छन् । अनुष्का र विराट पहिलोपटक आमाबाबु बन्दैछन् । त्यहीकारण पनि अनुष्का आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिइरहेकी छ्न । गर्भवती अवस्थामा पनि अनुष्काको व्यस्तता बढ्दो छ ।