पाकिस्तानी सर्जनसँग डेटमा थिइन् डायना !


लण्डन(एजेन्सी)– वेब सिरिज ‘द क्राउन’को चौथो सिजन हालैमात्र नेटफ्लिक्समा रिलिज भएको छ । यो सिरिजन बेलायती महारानी एलिजावेथ द्वितियाको जिन्दगीमा आधारित छ । जसमा एमा कोरिनले ब्रिटेनकी राजकुमारी लेडी डायना स्पेन्सरको भूमिका निभाएकी छन् । सिरिजमा एमाले कामबाट राम्रो तारिफ पाएकी छन् । यो सिरिजनले लेडी डायनाको जिन्दगीलाई पुनः एक पटक सम्झन बाध्य बनाएको छ ।

डायनाको रहस्यमयी तरिकाले सन् १९९७ अगस्ट ३१ मा सडक दुर्घटनामा मृत्यु भएको थियो । यो समयमा उनी केवल ३६ वर्षको थिइन् । पेरिसमा जब डायना आफ्नो कारबाट गइरहेकी थिइन् । त्यो बेला पापाराजी फोटो खिच्नका लागि उनको पछि लागेका थिए । त्यसपछि उनले गाडी तिब्र चलाइन् र सन्तुलन बिग्रिएपछि कार पल्टियो । अनि डायनाको मृत्यु भयो ।

डायनाले प्रिन्स चाल्र्ससँग विवाह गरेकी थिइन् । चाल्र्ससँग उनको सम्बन्ध लामो समय टिक्न सकेन । सन् १९९६ मा दुवैले सम्बन्धविच्छेद गरे । डायनाका बारेमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी जेमिमा खानले कुरा गर्दै डायनाको पाकिस्तानका हर्ट सर्जन हसनत खान प्रेम रहेको खुलासा गरेकी छन् । वेनिटी वेयर पत्रिकामा ‘द ग्रेण्डमदर प्रिन्स जर्ज नेवर न्यू’ लेखमा उनले यो कुराको खुलासा गर्दै १९९५  देखि १९९७ सम्म उनीहरु डेटमा रहेको दाबी गरेकी छन् ।

डायना यो सम्बन्धलाई लिएर यति गम्भीर थिइन् कि उनी लण्डन छोडेर पाकिस्तानमै बस्ने तयारीमा थिइन् । तर उनलाई पाकिस्तानी शैलीमा आफूलाई कसरी ढाल्न सकिन्छ भन्ने चिन्ता थियो किनकी उनी फरक संस्कृतिको प्रतिधित्व गर्थिन् ।

प्रतिक्रिया