एमाले संसदीय दलको बैठक बस्दै, संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ । संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न एमालेले आज संसदीय दलको बैठक बोलाइएको हो ।

आज मध्यान्ह १२ बजे बस्ने बैठकमा संसदमा विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

एमाले सांसदले शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएको थियो । बैठकमा विरोध गर्दा शिष्ट बन्न सांसदहरुलाई आग्रह गरेको थियो ।

आज बसेको स्थायी कमिटीको बैठकले सांसदहरुलाई शिष्ट र मर्यादित भएर विरोध गर्न निर्देशन दिने निर्णय गरेको प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया