साना व्यवसायीलाई एकैठाउँमा समाहित गर्दै इ–घर


काठमाडौं– मरिन इन्जिनियरिङ सोलुसन्सले रजिष्ट्रेशन अफर सुरु गरेको छ । नेपालमा छरिएर रहेका साना तथा मझौला व्यवसायीलाई एउटै एन्ड्रोइ एपभित्र समावेश गरि व्यवसायीक सफलताको लागि कार्य गर्ने घोषणा गरे अनुरुप कम्पनीले यही मंसिर १० बाट रजिस्ट्रेशन अफर खुल्ला गरेको हो ।

इ–घर भनी नामाकरण गरिएको एन्ड्रोइड एप्लिकेशन गुगल प्लेस्टोरमा रजिस्ट्रेशन अफर का लागी लञ्च भई सकेको कम्पनीले जनाएको छ ।

२०० वटा भन्दा बढी विभिन्न किसिमका व्यवसायको जानकारी र सेवा गराउने एपले ५०००० व्यवसायीहरुलाई एउटै एप भित्र समेट्ने प्रयास गर्नेछ । व्यवसायको किसिम हेरी ३०० देखि १००० सम्म रजिस्ट्रेशन शुल्क व्यवसायीका लागी तोकिएको छ भने प्रयोग कर्ताले आवश्यक सामग्री, सर्भिस र समस्या अनुरुप आफ्नो क्षेत्र वरपरका व्यवसायी सँग सिधा एप मार्फत सम्पर्क गर्नसक्नेछन् ।

रजिस्ट्रेशन अफर मा प्रत्येक क्याटोगोरीका प्रथम दुई रजिस्ट्रेशनलाई गोल्डेन क्लाईन्ट्ले सम्मान र बिशेष अफर प्रदान गरिनेछ भने बाकी तीनलाई सिलभर क्लाईन्ट्ले सम्मान र बिशेष अफर प्रदान गरिनेछ । साथै  रजिस्ट्रेशन अफर भरी ररजिस्ट्रेशन गर्नु हुनेलाई १५%क्यास ब्याक दिने घोषना पनि जनाइएको छ ।

प्रतिक्रिया