

रोयल इन्फिल्डका नयाँ दुई मोटरसाइकल सार्वजनिक

काठमाडौं– रोयल इन्फिल्ड ब्रान्डले आफ्नो सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३५० सिसीको सिंग्नल्स भेरियन्ट अन्तर्गतदुई नयाँ आकर्षक रङ्गहरु एयरबार्न ब्ल्यू र स्टोमराइडर स्यान्ड सर्वजनिक गरेको छ ।
रेट्रोलूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी एबीएस पनि रखिएको छ । सुरुवाती दिनहरु देखीनै सफलता हाशिल गर्दै आएको यस रोयल इन्फिल्ड ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहास लाई निरन्तरता दिदै यो मोटरसाईकल बजारमा ल्याएको हो ।
आजको नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनी यस मोटरसाईकलले युवा देखी वृद्ध सम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने छ ।
नेपालका लागी आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्स प्रा लीले आफ्नो १९ वटै साखा तथा डिलरहरुबाट बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ । हाललाई यस्को मुल्य रु ५,९९,९९९÷– मात्र राखिएको कम्पनीले जनाएको छ ।

