

सिद्धार्थको निधनपछि बाहिर निस्कन सकेन परिवार, शहनाज ‘न बोल्छिन् नत सुन्छिन्’

नयाँ दिल्ली – बिगबोस १३ को विजेता सिद्धार्थ शुक्लाको २ सेप्टेम्बरमा निधनपछि उनकाे परिवार हालसम्म बाहिर निस्कन सकेका छैनन्। सिद्धार्थको आमा र शहनाज गिल अति नै दुखी भएका छन् । शहनाज सिद्धार्थको अन्तिम समयसम्म साथमा थिइन्।
पछिल्लो दिनमा बिगबोसकी जसलीन मथारु सिद्धार्थको घरमा पुगेकी थिइन् । उनले शहनाज र सिद्धार्थको आमाको हालत निकै खराब भएको बताएकी छिन् । जसलीनले उनीहरु दुवैलाई अस्पतालमा भर्ना गर्नुपर्ने बताएकी छिन् । उनले यो भन्दा पहिला यती द्खी कहिल्यै नदेखेको समेत उल्लेख गरेकी छिन् ।
जसलिनले शहनाज गिलसँग कुरा गर्ने कोशिश गरेपनि उनले कुरा गर्न नचाहेको बताइन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘शहनाज चुपचाप बसिरहेको थिइन् उनको हालत धेरै नराम्रो देखे । उनी आफ्नै दुनियामा हराइरहेकी थिइन् ।’ उनले शहनाजलाई आफुले केही खाउ र सुत्न भन्दा पनि नमानेको समेत उनले बताइन् ।
सिद्धार्थको परिवारसँग २ घन्टाको समय बिताएको भन्दै उनले लेखेकी छिन्, ‘कुनै पनि सदस्य बोल्न चाहेनन्, सिद्धार्थको आमा धेरै बहादुर लाग्यो, किनकी उहाँले आफैले आफैलाई सम्हाल्ने कोशिश गरिरहेको थिइन् ।’ एजेन्सी

