जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


मोरङ – जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी सुनवर्षी नगरपालिका-५  टकुवा बस्ने ३२ वर्षीय दिपक दासलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका दासलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१० वर्षीया बालिकालाई जबरजस्ती करणी  गरेको अभियोगमा सुनसरी दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भदौ १५ गते ती बालिकालाई  सहनीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया