

अफताब आलम राखिएको नख्खु कारागारमा झडप, ६ जना घाइते

काठमाडौं– कारुणिक हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा राखिएका पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलम राखिएको ललितपुरको नख्खु कारागारमा झडप भएको छ।
सीआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको प्रहरीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिनका लागि महानगरीय प्रहरी परिसर ललितपुरको थप टोली पुगेको छ।
७ जना नाइके रहेको उक्त कारागारमा उपयुक्त व्यवाहार नभएको भन्दै कैदीबन्दीले विरोध गरेपछि झडपको अवस्था बनेको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन्। झडपमा ६ जना कैदीबन्दी घाइते भएको प्रहरीले जनाएको छ।
अहिले कायम रहेका नाइके हटाएर अन्यलाई ल्याउनुपर्ने अडानमा रहेका कैदीबन्दीले कारागार प्रमुख चिरन्जिवी गिरीलाई मागपत्र बुझाएका छन्।

