त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७७० ग्राम सुनसहित दुईजना पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७७० ग्राम सुनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोल्पाको ठूलो भेरी नगरपालिका-७ का ३३ वर्षीय बिष्णुबहादुर शाही र स्याङ्जाको पुतली बजारका ३८ वर्षीय भूपेन्द्र पौडेल रहेका छन् ।

फ्लाई दुबाईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र ईमरजेन्सी लाइटमा लुकाई ल्याएको सुनसहित पक्राउ गरेको हो ।

साथै‚ पौडैललाई सुन लिन पुगेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया