

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा

काठमाडौं – एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ ।
गएको २ भदौमा एमालेबाट अलग भएको एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो ।

