पछिल्लो २४ घन्टामा २२६० कोरोनामुक्त हुँदा १३८८ मा कोरोना संक्रमण, २४ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८८ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार २ सय ९७ जनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २६० जना कोरोनामुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १२ हजार ७ सय १२ पुगेका छन् भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ७ सय १४ जना पुगेका छन् ।

प्रतिक्रिया