विश्वमा पहिलो पटक हरिणमा कोरोना संक्रमण


काठमाडौं – अमेरिकी सरकारले विश्वमा पहिलो पटक हरिणमा कोरोना ससंक्रमण पुष्टि भएको जनाएको छ ।

अमेरिकी कृषि विज्ञान विभागले ओहिओ प्रान्तमा जङ्गली जनावर हरिणको स्वाब परीक्षण गर्दा कोरोना ससंक्रमण पुष्टि भएको जनाएको हो ।

यद्यपि, हरिणमा कोरोनाको कुनै लक्षण नरहेको अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

यसअघि कुकुर, बिरालो, बाघ, सिंह, हिम चितुवा, गुरिल्ला, लोखर्केमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको रोयटर्सले उल्लेख गरेको छ ।

विश्वभर मान्छेसँग नजिक भएका जनावरमा सङ्क्रमण देखिने गरेको पनि बताइएको छ । एजेन्सी

प्रतिक्रिया