‘म यस्तो गीत गाउँछु’मा पाइलट बने राज कटुवाल (भिडिओ)


काठमाडौं– अभिनेता तथा मोडल राज कटुवाल अभिनित म्युजिक भिडिओ ‘म यस्तो गीत गाउँछु’ युट्युवमा सार्वजनिक भएको छ।

कटुवाल पाइलटको भूमिकामा अभिनेत्री तथा मोडल बर्षा सिवाकोटीसँग रोमान्स गरेको भिडिओमा पर्दापण गरिएको छ।

चर्चित गायक सुगम पोखरेललाई युगल स्वरचाहिँ सुष्मा विश्वकर्माले दिएकी छन्। म्युजिक भिडिओको निर्देशन रामजी लामिछानेले गरेका हुन्।

म्युजिक भिडिओको गीतको शव्द सत्यराज चौलागाँइले लेखेका हुन् भने संगीत सरोज पोखरेलले भरेका छन्।

एरेन्जमा उदयराज चौहानले मिहेनत गरेको गीतको मिक्सिङ किशोर थापा, रेकर्डिङमा राजेश श्रेष्ठले गरेका हुन् भने ए वान स्टुडियोमा तयार भएको हो।

प्रतिक्रिया