तीन सचिवको सरुवा तथा पदस्थापन, राजश्वमा पुस्कर, भूमी व्यवस्थामा पाण्डे


काठमाडौं – सरकारले तीन जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिवत्रय कृष्णहरी पुस्कर, भरतमणी सुवेदी र गणेश पाण्डेको सरुवा तथा पदस्थापन गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयको अतिरिक्तमा रहेका पुस्करलाई राजश्व सचिवमा पदस्थापन गरेको छ भने केहीदिन अघि लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा राखिएका सुवेदीलाई सोही कार्यालयमा र कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमा मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया